चितवन- माघी (खिचरा) पर्वको अवसरमा पूर्वी चितवनको खैरहनीमा आयोजित ‘सातौँ खिचरा महोत्सव–२०७६’ अन्तर्गत मंगलबार तेस्रो दिन पनि दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ । महोत्सवमा मंगलबार पनि कलाकारहरुको प्रस्तुतिले दर्शकहरु झुमेका थिए ।
खैरहनी–५ गौचरनमा जारी महोत्सवमा चर्चित गायक प्रकाश सपुतले प्रस्तुति दिए । उनले गलबन्दी च्यातियो, बोल मायालगायतका थुप्रै गीत गाएका थिए । यस्तै चितवनकी चेली नेपाल लोकस्टारमा टप ९ मा पुग्न सफल भएकी मुना अर्यालले पनि आफ्नो प्रस्तुति दिएकी थिइन् । यस्तै स्थानीय कलाकाहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो भने थारु समुदायको नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
बुधबार चर्चित गायक मनोज महतो, सुनिल पण्डित, बालगायिका कमला घिमिरे, लोकदोहोरी गायक जिबी सुनारलगायतको प्रस्तुत रहेको सांस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ को आयोजनामा भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ । थारु समुदायको महान् पर्व माघी ९खिचरा०को अवसरमा प्रत्येक वर्षदेखि ‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवले खिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक चूडामणि चौधरीले बताए ।
महोत्सवमा थारुसँगै विभिन्न जातजातिको परम्परागत भेषभूषासहितको सांस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ । महोत्सवमा यसवर्ष १५० वटा स्टल रहेका छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराईको समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरुसमेत रहने आयोजकले जनाएको छ ।
यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तरविद्यालयस्तरीय चित्रकला, हाजिरीजवाफ प्रतियोगिता, ४० वर्षमाथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटो र सेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ ।
यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका वर्ष जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ कायम गरिएको छ । चितवनका थारु समुदायले माघ १ गते खिचरा पर्व मनाउने गरेका छन् । यही अवसरमा विगत सात वर्षदेखि महोत्सव आयोजना हुँदै आइरहेको छ ।