चितवन- उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वको लागि मंगलबार सम्पन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार राजु श्रेष्ठ भारी मतले विजयी बनेका छन् । उनले १९८० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ज्ञानेन्द्रमान शाक्यले ११९३ मत प्राप्त गरे ।
श्रेष्ठलाई नेकपाका उद्योेगी, व्यवसायीहरु समर्थन थियो भने शाक्यलाई नेपाली कांग्रेस समर्थक उद्योेगी, व्यवसायीहरुले साथ रहेको थियो । संघको कार्यसमिति सदस्यमा अधिकांश श्रेष्ठ प्यानलकै सदस्य विजयी बनेका छन् ।

विजयी हुनेहरुमा उद्योगतर्फ अशोक अधिकारी, कृष्ण रिजाल, विनोद पौडेल, योगिता पिया, लीलबहादुर क्षेत्री, भानुभक्त न्यौपाने विजयी भएका छन् ।

यस्तै, वाणिज्यतर्फ थीरप्रसाद धिताल, ज्ञानु न्यौपाने, बद्री पौडेल, लक्ष्मी रिमाल, विकास थापा, चेतनारायण सापकोटा निर्वाचित भएका छन् ।

यस्तै, वस्तुगततर्फ दुर्गादत्त कण्डेल, विनोद तिमिल्सिना, धनप्रसाद पोखरेल, शर्मिला न्यौपाने भएका छ्न् । यसैगरी महिला उद्यमीतर्फ विजयी रजनी मास्के विजयी भएका छ्न् ।

कुल ३७८२ मतदातामध्ये ३१७३ सदस्य निर्वाचनमा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया