चितवन । रत्ननगर महोत्सबमा रहेको राईटपाथ करियर काउन्सेलिङको स्टलमा बिद्यार्थीको भिड लाग्ने गरेको छ । महोत्सबको स्टल नं. १२५ मा रहेको राईटपाथ करियर काउन्सेलिङको स्टलमा खास गरि युके अध्ययन गर्न जान चाहाने बिद्यार्थीहरुले रुचि राख्दै आउने गरेको राईटपाथ चितवन शाखाका अध्यक्ष एंव प्रबन्ध निर्देशक शुरज पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले काठमाण्डौको पुतली सडकमा मुख्य कार्यालय रहि २०७५ साल मंसिर १५ गते चितवनको लायन्स चोकमा आफ्नो पहिलो शाखा बिस्तार गरेको कन्सल्टेन्सीले स्थापनाको छोटो समयमानै बिद्यार्थीलाई बिभिन्न देशमा उच्च शिक्षा अध्ययनको लागि पठाउन सफल भएकोमा खुसी ब्यक्त गरे ।

पौडेलले मात्र एक वर्षको अवधीमा अरु खुलेका पुराना शैक्षिक परामर्श संस्था बराबरको स्थितीमा आफुलाई पुर्याउनु सानोतिनो कुरा नभएको बताउदै यसको लागि रातदिनको मेहनत र बिशेष गरि बिद्यार्थीहरुलाई उनिहरुले रोजेको देशमा उच्च शिक्षा अध्ययनको लागि सहि परामर्श दिई पठाउनुनै रहेको बताए । उनले चितवनको गौरब र गरिमामय रत्ननगर महोत्सबमा पनि बिद्यार्थीहरुको आगमन रहने भएकाले सहजताका साथ युकेको बारेमा जानकारी लिन सहज होस भनेर महोत्सबमा स्टल राखिएको जानकारी दिए ।

उनले कुनैपनि संस्था कति समय टिक्ने भन्ने कुरा उसले गरेको काममा भर पर्ने बताउदै हालका दिनमा बिद्यार्थीहरुको अष्ट्रेलिया पछिको रोजाई युके भएको र चितवनबाट युके जाने बिद्यार्थीको भिषा सत प्रतिशत लगाउन सफल भएकोमा खुसी ब्यक्त गरे ।
चितवन शाखाका निर्देशक बिपिन शर्मा आचार्यले युके जाने बिद्यार्थीको पहिलो रोजाई राईटपाथ बन्न सफल भएकोमा खुसी ब्यक्त गरे । उनले हालका दिनमा युकेले बिद्यार्थीहरुको लागि केहि सहज बनाएको र त्यसको लागि केहि शैक्षिक परामर्श दाताले सहि परामर्श नगरिदिदा बिद्यार्थीहरुको भिसामा समस्या आएको गुनासो आएकोले सही परामर्शदाता खोज्दा र रोज्दा बिद्यार्थीले बिशेष ध्यान दिनुपर्ने बताए ।

आचार्यले उच्च शिक्षा अध्ययन गर्न जान चाहिने बिद्यार्थीहरुलाई आवश्यक जानकारी आफ्नो संस्थाबाट गएपनि वा नगएपनि दिने गरेको बताउदै रत्ननगर महोत्सबमा आएर राईटपाथको स्टलबाट पनि बिद्यार्थीहरुलाई सही परामर्श दिन लागि परेको कुरा ब्यक्त गरे । उनले संस्था आगामी वर्षमा झनै ससक्त ढंगबाट बिद्यार्थीको भविष्य निर्माणको दिशामा केन्द्रित भएर लाग्ने जिकिर पनि गरे ।

तपाईको प्रतिक्रिया