अजित अधिकारी
चितवन- माडीको चर्चित धार्मिक क्षेत्रको रुपमा पछिल्लो समय चर्चामा रहन सफल रेवा तथा त्रिवेणीधाममा एकदिने चौंथो मकर संक्रान्ति मेला तथा बृहत् सांस्कृतिक कार्यक्रम २०७६ बुधबार सम्पन्न भएको छ ।

धार्मिक तथा पर्यटन व्यवस्थापन समितिच दिवानगरको आयोजनामा गरिएको सो कार्यक्रममा बृहत् सांस्कृतिक भजन, झाँकी र राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

चौंथो मकर संक्रातिको अवसरमा माडीको पर्यटन प्रवर्द्धन विकासको लागि गरिएको कार्यक्रममा माडीका चर्चित युवा पण्डित सुदर्शन सुवेदीको मुखारबृन्दबाट रेवा महिमा प्रवचन प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकाल, विशिष्ट अतिथि माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतो, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँबर रहेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्कबहादुर विश्वकर्मा, माडी ७ का वडाध्यक्ष बालकृष्ण सापकोटालगायतका माडीका सबै वडा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त मेलामा बृहत् साँस्कृतिक कार्यक्रमसहित भजनकीर्तन, झाँकी र रेवा त्रिवेणी कुण्डमा डुङ्गगा सयर गरिएको थियो । रेवा त्रिवेणीधाममा बुधबार विभिन्न क्षेत्रहरूबाट दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सञ्चारकर्मी मन क्षेत्रीले सञ्चालन गरेको कार्यक्रम मेला आयोजक समितिका संयोजक झनकप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया