चितवन- रत्ननगर महोत्सवअन्तर्गत बिहीबार जगतकृष्ण प्रजापति स्मृति कला प्रतिष्ठानद्वारा आयोजित विद्यालयस्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा पूर्वीचितवनका १५ वटा विद्यालय सहभागी थिए । प्रतियोगिता सकिए पनि नजिता भने प्रकाशन नगरिएको रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए ।
सो प्रतियोगिताको विजेता घोषणा तथा पुरस्कार वितरण माघ ७ गते महोत्सव समापनका दिन गरिने श्रेष्ठले जानकारी दिए ।
दशौँ रत्ननगर महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज बिहीबार महोत्सवमा इमेल लोक स्टार राम नेपाली, ऋतु कँडेल रत्ननगर कला मन्दिरको विशेष प्रस्तुतिका साथै निर्मली र प्याकुलीको हास्य प्रहसन रहेको श्रेष्ठले बताए ।
पुस २५ गतेदेखि सञ्चालन भएको १०औँ रत्ननगर महोत्सवमा आज बिहीबार झरी परे पनि दर्शकको राम्रै उपस्थिति रहेको महोत्सव मूल समिति संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताए । बिहानैदेखि पानी परिरहेको भए पनि महोत्सव अवलोकनका लागि दर्शकहरु उल्लेख्यरुपमा महोत्सव स्थल प्रवेश गरेका रेग्मीले जानकारी दिए ।
समग्र चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा आयोजना गरिएको महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड दिने रेग्मीको भनाइ छ ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने उद्देश्यले महोत्सव स्थलमा विभिन्न पर्यटकीय गतिविधिसमेत सञ्चालन गरिएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले जानकारी दिए ।