
चितवन- खिचरा महोत्सवको अवसरमा आयोजित नृत्य प्रतियोगिता खिचरा डान्स आइडलमा टप ७ प्रतिस्पर्धी छनौट गरिएको छ ।
महोत्सवमा बिहीबार भएको टप १२ प्रतिस्पर्धीबीचको प्रतिस्पर्धापछि टप ७ जना छनौट गरिएको हो । टप ७ बाट नै भोटिङको आधारमा प्रतियोगिताको विजेता छनौट गरिने नृत्य प्रतियोगिताका संयोजक हरिशरण चौधरीले जानकारी दिए ।
प्रतियोगिताको टप ७ मा छनौट हुनेहरुमा दर्शना गंधारी, अभिषेक चौधरी, स्मृति भण्डारी, जेनिशा प्रजा, आशिष चौधरी, एके४७ ग्रुप र दिपिका चौधरी रहेका छन् । छनौट भएकाहरुको माघ ४ गते अन्तिम प्रतिस्पर्धा हुनेछ । सोही प्रतिस्पर्धा पछि भोटिङका आधारमा विजेता छनौट गरिने संयोजक जयस चौधरीले जानकारी दिए ।