
चितवन- पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव जारी रहँदा बिहीबार बिहानैदेखि पानी परिरह्यो । आयोजकलाई पानी परेका कारण दर्शकको उपस्थिति कम हुने चिन्ता बढ्नु स्वाभाविकै थियो । तर, आज पाँचौँ दिनमा अपेक्षाविपरीत पानीमा भिजेरै भए पनि दर्शक ओइरिए । कारण थियो हट गायिका ज्योति मगरको प्रस्तुति ।
बिहानैदेखि पानीले प्रभावित गरे पनि ज्योतिको उपस्थिति हुने खबरले दर्शक त्यसै रौसिएका थिए । आखिर ज्योतिले दर्शकलाई यति आकर्षित गरिन् कि उनी स्टेज चढ्नसाथ वर्षा बढे पनि उनले पानीमै आगो लगाइदिइन् । र, दर्शकहरु ज्योतिसँगै झुमिरहे, नाचिरहे । ज्योतिले आधा दर्जन गीत गाउँदा दर्शकहरु झरीले रुझेर पानीपानी भएका थिए ।
खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रमअन्तर्गत बिहीबार थुप्रै नृत्यहरु प्रस्तुत गरिएको थियो । आज शुक्रबार चर्चित गायक स्वप्न सुपन र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए ।