चितवन- पूर्वी चितवनको टाँडी क्षेत्रमा बिहीबार राति १० बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । चितवनमा बिहीबार बिहानदेखि नै निरन्तर वर्षा भैरहेकोले पनि विद्युत्त आपूर्तिमा समस्या भएको टाँडी वितरण केन्द्रले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको टिकौलीदेखि टाँडीसम्म को दायाँबायाँ क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो । यस क्षेत्रको टिकौली , कृष्ण मन्दिर, बाघमारा, मोहना, घेघौली, बकुलहर र टाँडी क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

गए रातिदेखि विद्युत् आपूर्तिमा समस्या भएको र मर्मतको लागि प्रयास जारी रहेको भए पनि कहाँ र कसरी विद्युत्त आपूर्तिमा समस्या भएको भन्ने पहिचान र ठाउँ नभेटिएकोले निरीक्षण भैरहेको टाँडी वितरण केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया