नवलपरासी- पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१५ मा बुधबार राति एम्बुलेन्सको ठक्करबाट एक जनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको ना १ च ९३६ नम्बरको एम्बुलेन्सको ठक्करबाट ना २७ प २४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा देवचुली–१३ निवासी अन्दाजी २२ वर्षीय सुरेश गुरूङको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते गुरूङको उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएकोमा उनलाई बुधबार राति नै अस्पतालले मृत घोषणा गरेको थियो । त्यसैगरी, दुर्घटनामा सोही स्थानका अर्जुन तामाङ गम्भीर घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया