
चितवन- चितवनको रामनगरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट आउँदै गरेको बा १ च ७८३ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको लु २ ख ३३०५ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
मृत्यु भएका दुवै बसको यात्री हुन् । उनीहरुको सनाखत भएको छैन । घाइतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।