चितवन- अपराध अनुसन्धान महाशाखा टेकु काठमाडौँबाट सरुवा भई हालै इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडी आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन कार्कीले स्थानीयको साथ र सहयोगले समाज सुधार गर्न सकिने बताएका छन् ।

डिएसपी कार्कीले यस क्षेत्रको शान्तिसुरक्षा, अमनचयन र भयरहित समाज बनाउन स्थानीयको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्दै ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्यअनुसार अघि बढेको जानकारी दिए ।

उनले स्थानीयको साथ र सहयोगबाट समाजमा हुने अपराधमा कमी आउने बताउँदै स्थानीयको भरपूर सहयोग हुनुपर्ने बताए ।

 

तपाईको प्रतिक्रिया