
चितवन- भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले अन्तरस्कुल फुटसल प्रतियोगिता गर्ने भएको छ ।
स्कुल स्थापनाको २५औँ वर्ष पार गरेको अवसरमा यही माघ १३ देखि १५ गतेसम्म फुटसल टुनामेन्ट आयोजना गर्न लागिएको स्कुलकी प्रिन्सिपल इन्दिरा कार्कीले जानकारी दिइन् ।
उनका अनुसार फुटसल टुनामेन्ट स्कुलको नजिक रहेको थ्री लायन्स फुटसल क्लबमा गरिनेछ । यसका लागि जिल्लाका सबै स्कुललाई पत्राचार गरिसकिएको कार्कीले बताइन् ।
फुटसलमा उत्कृष्ट हुने प्रतियोगिलाई नगदसहित सम्मान गरिने उनले बताइन् । सो विद्यालयले विभिन्न सामाजिक कार्यका साथै शैक्षिक गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।