गैँडाकोट । नेवा मिसा गैँडाकोट नगरसमितिको आयोजनामा श्रीराम पार्टी प्यालेसमा माघ ३ र ४ गते भएको दुईदिने बेल विवाह सम्पन्न भएको छ ।
सो कार्यक्रमको शुभारम्भ गैँडाकोट नगरपालिकाकी उपमेयर विष्णुकुमारी कँडेल सापकोटाले गरेकी थिइन् । उनले नेवारी संस्कृतिको संरक्षणमा नेवा मिसा दबू नगरसमितिको प्रशंसा गर्दै महिलाहरूले यस्ता सामाजिक कार्यहरूमा अग्रसर भएर अगाडि बढनुपर्ने सुझाव दिइन् ।

बेल विवाहमा १३ जना कन्याको सहभागिता रहेको थियो । कार्यक्रममा भक्तपुर निवासी नेवारी पण्डित हरशरण राजोपाध्यायले बेल विवाहको सम्पूर्ण कर्म गराएका थिए ।

कार्यक्रममा नेवा मिसा दबूकी अध्यक्ष सीता श्रेष्ठले नेवारी संस्कृतिअनुसार महिलाहरू अगाडि बढनुपर्ने आवश्यकता औँल्याउँदै यस्तो पवित्र कार्यमा सबैको सहयोगको आवश्यकता रहेको बताइन् ।

तपाईको प्रतिक्रिया