चितवन । रत्ननगर जेसीजको २१औँ वार्षिक साधारण सभा लायन्स फुडल्याण्ड रत्ननगरमा सम्पन्न भएको छ ।
रत्ननगर जेसीहरुको साधारण सभाले अध्यक्षमा प्रदीप अधिकारीलाई चयन गरेको छ । यस्तै, कार्यकारिणी उपाध्यक्षद्वयमा हेमराज आचार्य र बाबु परियार निर्विरोध चयन भएका छन् ।
यस्तै, महासचिवमा अमित गुप्ता, कोषाध्यक्षमा सविन मानन्धर चयन भए भने चार उपाध्यक्षमा विपिन्द्र घिमिरे, किरण लामिछाने, सुमन पौडेल र सुमन सुवेदी चयन भए ।
यसैगरी चार निर्देशकमा वैभव लामिछाने, असिम गिरी, सुरेशजंग पाण्डे र हरिकुमार श्रेष्ठ चयन भएका छन् ।
सहसचिवमा ज्योति भट्ट, सहकोषाध्यक्ष अजय गुप्ता, तालिम निर्देशकमा सन्तोष दुवाडी, प्रकरण निर्देशकमा राजेन्द्र धमला, शाखा सम्पादकमा उपेन्द्र आचार्य र जनसम्पर्क अधिकृतमा रामप्रसाद पाण्डे चयन भएका छन् ।
अध्यक्ष अधिकारीका अनुसार जेसीजको अर्को बैठकले कोष वृद्धि निर्देशक, जुनियर जेसीज संयोजक, स्थानीय व्यवसाय सञ्जाल निर्देशक, स्वास्थ्य संयोजक, खेल संयोजक र भ्रमण वर्ष २०२० संयोजक चयन गर्ने जानकारी दिए ।