चितवन- पूर्वी चितवनका विभिन्न क्षेत्रमा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म दैनिक विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण रत्ननगर वितरण केन्द्रअन्तर्गत रहेका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने वितरण केन्द्रले सूचना जारी गरी जानकारी गराएको छ । टाँडी वितरण केन्द्रअन्तर्गतको ३३/११ केभी पर्सा सव—स्टेसन ६/८ एमभिए पावर ट्रान्सफर्मरहरुको तेल शुद्धीकरण कार्य गर्नुपर्ने भएकोले माघ ८ गतेदेखि १३ गतेसम्म विद्युत् आपूर्ति बन्द रहने वितरण केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिए ।
वितरण केन्द्रअन्तर्गत चैनपुर र खैरहनी फिडरअन्तर्गत माघ ८ गतेदेखि १० गतेसम्म दैनिक बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म दैनिक १२ घन्टा विद्युत् आपूर्ति बन्द हुनेछ । त्यस्तै टाँडी र पर्सा फिडरअन्तर्गत ११ गतेदेखि १३ गतेसम्म बिहान ६ बजेदेखि बलुका ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने रत्ननगर वितरण केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया