चितवन- नायिका पूजा शर्मा राइट पाथ करियर काउन्सेलिङ कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा अनुबन्धित भएकी छन् । उनी राइट पाथको ५ वर्षको लागि ब्राण्ड एम्बेसडरमा अनुबन्धित भएकी हुन् ।राइट पाथको लायन्सचोकस्थित चितवन शाखामा चेक हस्तान्तरण गरी केक काटेर खुसियाली बाँडिएको थियो । राइट पाथसँग आफू आबद्ध हुन पाउँदा निकै खुसी लागेको बताउँदै नायिका शर्माले राइट पाथको उन्नति र प्रगतिका लागि आफूले पनि सक्दो योगदान गर्ने बताइन् ।

पछिल्लो समय चलचित्रमा व्यस्त रहेकी हिट नायिका शर्माले पहिलोपटक कन्सल्टेन्सीमा आफूलाई आबद्ध गरेकी हुन् । पूजा शर्मालाई आफ्नो राइट पाथ परिवारको सदस्य बनाउन पाउँदा खुसी लागेको प्रबन्ध निर्देशक फिलिप डिसीले बताएका छन् ।

ब्राण्ड एम्बेसडरको खुशीयाली साटासाट राइट पाथको मुख्य कार्यालय पुतलीसडक काठमाडौंमा पनि भव्य कार्यक्रमका साथ गरिने बताइएको छ ।

तीन वर्षअघिदेखि संचालनमा आएको यस् संस्थाका देशभर ४ वटा र देशबाहिर लण्डनमा एक शाखा रहेको छ । यतिबेला यो कन्सल्टेन्सस् युके, क्यानडालगायतको भिषा सफलताको कारण वैदेशिक शिक्षाको परामर्शका लागि उत्कृष्ट तथा पहिलो रोजाइ बनेको छ ।

राइट पाथमार्फत क्यानाडा, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्डलगायत युरोपको विभिन्न देशमा अध्ययनको लागि जान परामर्श लिन सकिने संस्थाका कन्सल्टेन्ट विपिन शर्मा आचार्यले बताए ।

तपाईको प्रतिक्रिया