-अजित अधिकारी
चितवन- दक्षिण चितवनको माडी नगरपालिका ४ स्थित सिदुवाचोकमा पौष २९ गतेदेखि सुरु भएको प्रथम माडी खिचरा महोत्सवको प्रमुख अतिथिसमेत रहेका जिल्ला समन्वय समिति चितवन प्रमुख कृष्णकुमार डल्लाकोटीले समापन गरेका छन् ।
यसअगाडि महोत्सवको उदघाटन पूर्वप्रधानमन्त्री एबम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।
माडीको पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यका साथ माडीमा खिचरा महोत्सवको आयोजना गरिएको थियो । बुधबार भएको प्रथम माडी खिचरा महोत्सवको अन्तिम दिन राष्ट्रिय लोक गायक जिबी सुनार, विकास पाण्डे, चर्चित थारु गायिका अनु चौधरी, संचारकर्मी तथा कलाकार भूपराज पाठकलगाएतका राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको बेजोड प्रस्तुति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको नृत्य प्रस्तुत गरिनुका साथै थारु जातिहरुको देउडा लाठी नाच एवं नृत्य प्रस्तुत गरिएको थियो । महोत्सवको माघ ६ गते समापन गर्ने भनिए मौसममा आएको खराबीका कारण परेको पानीले गर्दा दुई दिनका लागि महोत्सव स्थगित गरिएको थियो ।
माडी नगरपालिकाको आयोजनामा भएको महोत्सवमा थारुकल्याणकारिणी सभा क्षेत्र नं १ माडी र नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् माडी सहआयोजक रहेका थिए ।
यस्तै, प्रवर्द्धकका रुपमा उद्योग वाणिज्य संघ माडी मुख्य प्रायोजक आईडिया फर नेपाललगायतका संस्थाहरु रहेका छ्न । प्रथम माडी खिचरा महोत्सव २०७६ को बुधबार समापनका दिन कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय चितवन प्रमुख कृष्ण कुमार डल्लाकोटी रहेका थिए ।

कार्यक्रममा माडी नगरपालिकाकी उप प्रमुख ताराकुमारी काजी महतो, माडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिम बहादुर कुबँर, नेकपाका चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजित, पुर्ब सभासद एबम नेकपा प्रदेश कमिटी सदस्य तीर्थराज भुसाल, जिल्ला समन्वय समिति चितवनका सदस्य चूडामणि महतो, कृष्णराज अधिकारी, नेकपा चितवनका जिल्ला सचिवालय सदस्य एवम् माडी अध्यक्ष प्रभुप्रसाद महतो, नेपाली काङ्ग्रेस चितवन जिल्ला प्रतिनिधि शोभाखर चापागाईं, नेकपा जिल्ला सदस्य डण्डापानी पौडेल, नारायण पौडेल, हरि भुसाल, जित बहादुर शाही, नेपाली काङ्ग्रेस माडी नगर सभापति कोमलनाथ भुसाल, संघीय समाजबादी पार्टी नेपालका नगर संयोजक रमाकान्त सापकोटा, राप्रपा संयुक्त माडीका अध्यक्ष बिरेन्द्रबहादुर भण्डारी, माडी नगरपालिकाका प्रबक्ता एबम माडी ९ का वडाध्यक्ष शिबहरी सुवेदी, इलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्कबहादुर बिश्वकर्मा, माडी नगर प्रमुख ठाकुरप्रसाद ढकालकी धर्मपत्नी गंगा ढकाल, माडी पर्यटन बिकास समितिका अध्यक्ष एबम माडी ३ का वडा अध्यक्ष पुरन महतो बघौडा मध्यबर्ती उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद तिवारी, उधोग बाणिज्य संघ माडीका अध्यक्ष रेशम लाल आचार्य लगाएतका बिशिस्ट ब्यक्तिहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

उक्त सो कार्यक्रममा थारू कल्याणकारी सभा पुर्ब केन्द्रिय पार्सद कृष्ण चौधरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नेहरुमा नेपाली काङ्ग्रेस चितवन जिल्ला प्रतिनिधि एबम जिल्ला सदस्य शोभाखर चापागाईं, नेकपा चितवन जिल्ला प्रतिनिधि एबम जिल्ला सचिवालय सदस्य तथा माडी अध्यक्ष प्रभु प्रसाद महतो, प्रमुख अतिथी जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । माडी नगरपालिकाका सुचना प्रबिधी अधिकृत प्रबीण भण्डारीले सहजीकरण गरेको कार्यक्रमको समापन प्रथम माडी खिचरा महोत्सव मुल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले गरेका थिए ।

माडी पर्यटकीय संभावनाको रुपमा अग्रस्थानमा रहेको हुँदा माडीका विभिन्न धार्मिक ऐतिहासिक स्थल र यहाँका हेर्न लायक प्राकृतिक दृश्यहरुले समेत पर्यटकहरुको मनलाई नै आकर्षण र मनमोहक गराउने गर्दछ । साथै, माडी कृषि क्षेत्रमा समेत अग्रणी भूमिको रुपमा परिचित छ । नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न र माडीमा रहेका धार्मिक ऐतिहासिक स्थलहरुको प्रचार प्रसार र खोजी निर्माण गर्नको लागि र माडीमा रहेका विभिन्न जातजातिहरुको धर्म सस्कृति रीतिरिवाज भेषभूषा रहनसहन प्रतिभा र आआफ्नै परम्परा रहेको हुँदा यसको संरक्षण र सम्वर्द्धन गर्ने हेतु र माडीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माडी नगरपालिकाको कार्ययोजनाअन्तर्गत प्रथम माडी खिचरा महोत्सव आयोजना गरिएको हो ।

महोत्सव परिसरमा झन्डै १०० वटा स्टलहरु रहेका थिए । माडीको पर्यटन प्रवर्द्धन गर्ने हेतुले माघी पर्वको अवसर पारी आयोजना गरिएको सो महोत्सवमा थारु, बोटे, गुरुङ, दरैलगायतका समुदायहरुको आआफ्नै खानाका परिकार र धर्म संस्कृति रीतिरिवाज र रहनसहन झल्कने झाँकी प्रस्तुत गरिएको थियो ।

महोत्सवमा विभिन्न कलाकृतिहरुबाट निर्माण गरिएका सामग्रीहरु देख्न सकिन्थ्यो । सेल्फी खिच्नको लागि पर्यटकहरुको लागि महोत्सव स्थलमा ठुलो माछा को आकृति, पाते बाघको तस्बिर, त्यस्तै थारु जातिहरुको पुरानो माटोबाट बनाइएको घर, एबम खानाको परिकारको रुपमा रहेको किचरको तस्बिर र पोखरीमा पानीको छहरा अटुट रुपमा बहने गरि निर्माण गरिएको थियो ।

माडी क्षेत्रमा रहेका धार्मिक ऐतिहासिक स्थलहरु पाँच पाण्डव, छरछरे, गोदक, सोमेश्वरगढी, विक्रमबाबा, बैकुण्ठधाम, शनि तथा कालिका मन्दिर, रेवा तथा त्रिवेणीधाम, वाल्मीकि आश्रमलगायतका धार्मिक क्षेत्रहरुको अवलोकन गर्नको लागि जिप सफारी समेत गरिएको थियो ।
महोत्सवको बुधबार अन्तिम दिन राष्ट्रिय ख्यातिप्राप्त तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहनुका साथै नृत्य प्रतियोगितामा बिजयी हुने बिजेता र कृषि उपज प्रदर्शनी मेलाका बिजेता कृषकहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया