
चितवन- टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले काठमाडौँमा सफल आयोजनापछि सिप्रदी ट्रेडिङ्ग र सिप्रदी ट्रेडिङ्गका बिक्रेता शेखर मोटर्सको सहकार्यमा माघ ९ गतेदेखि ११ गतेसम्म चितवनमा पहिलोपटक “टाटा मोटर्स कार्निभल”मेला आयोजना गरेको छ ।
भरतपुर ९ हाकिमचोकस्थित होटल स्टार ब्याङ्केट चितवनमा सुरु भएको मेलामा ११ गतेसम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म विभिन्न गाडीको किनबेचको सुविधा प्राप्त गर्न सक्नेछन् ।
मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी, नयाँ गाडीसँग साटफेर गर्न सक्नेछन् । यस मेलामा अन द स्पट फाइनान्सका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक लाख रुपैयाँमाथि एक्सचेन्ज बोनसजस्ता सेवा तथा सुविधाहरु ग्राहकले प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मेलामा गाडी खरिद गर्ने ग्राहकका लागि विभिन्न आकर्षणहरु राखिएका छन् । जसमा एकजोडीका लागि सिंगापुर भ्रमण वा गाडी खरिदमै आकर्षक छूट प्रदान गरिनेछ ।
टाटा मोटर्सका प्रबन्ध निर्देशक शेखर धरेलका अनुसार मेला स्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने फाइनान्समा गाडी खरिद गर्न चाहने ग्राहकका लागि मेलास्थलमै फाइनान्स गर्ने व्यवस्था मिलाइएको छ ।
धरेलका अनुसार पुरानो गाडीको पनि उत्कृष्ट र उचित मूल्यांकन हुनेछ भने ग्राहकले आफूलाई मन परेको गाडी टेस्ट ड्राइभ गर्न सक्नेछन् । मेलामा खरिद गरिएका गाडीको एक वर्षको लागि सडक कर छूट गरिएको छ ।
मेलास्थलमा संगीतमय वातावरण, विभिन्न नृत्य तथा गेमका साथै लाइभ पेन्टिङ्गको व्यवस्था मिलाइएको छ । फोटो सुट गर्न चाहनेका लागि सो सुविधासमेत प्रदान गरिएको शेखर मोर्टस् प्रालिले जनाएको छ ।
मेलामा उपस्थित हुन नसके पनि टाटा मोटर्सको बारेमा विस्तृत जानकारी प्राप्त गर्न मोबाइल नम्बर ९८०१३०६५४५, ९८०१३०६५४९ र ९८०१०९९०६९ मा सम्पर्क गर्न सकिनेछ ।