भीमदत्तनगर- टिपरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगर बजारमा आज अपरान्ह एक महिलाको मृत्यु भएपछि बजार क्षेत्र तनावग्रस्त बनेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत भाषीतर्फबाट ग्राभेल लिएर भीमदत्तनगरतर्फ आइरहेको से१क ८८७ नं को टिपरको ठक्करले पैदलयात्रु महिलालाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार मृतक महिलाको अझै सनाखत हुन सकेको छैन ।
टिपर चालकको लापरवाहीका कारण मृत्यु भएको भन्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले घटनास्थलमा केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ । टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने महिलाको शव महाकाली अस्पताल पु¥याइएको छ ।

तपाईको प्रतिक्रिया