अजित अधिकारी
चितवन- माडी नगरपालिका वडा नं ३ स्थित बसन्तपुर बजार सहिदचोकमा रहेको गिरिजाप्रसाद कोइराला फाउण्डेसन कार्यालयको शनिबार नेपाली काँग्रेस चितवनका पूर्व सभापति टेकप्रसाद गुरुङले उद्घाटन गरेका छन् ।
कार्यालयको उद्घाटनपश्चात् बसन्तपुर बजारस्थित होटल प्याराडाइजमा फाउण्डेसन माडीको पहिलो बैठक सम्पन्न भएको हो । उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाली काँग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङ, विशिष्ट अतिथि पूर्वजिल्ला सभापति पृथ्वीमान गुरुङ, गिरिजाप्रसाद कोइराला फाउण्डेसन चितवनका संयोजक कमल आचार्य, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशी, काँग्रेस महासमिति सदस्य राजेश्वर खनाल, नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, काँग्रेस महाधिवेशन प्रतिनिधि साजनकुमार महतो, नेपाल महिला संघ माडीकी अध्यक्ष शिवमाया भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसन चितवनका प्रवक्ता गोपाल दरैले सहजीकरण गरेको कार्यक्रममा गिरिजाप्रसाद प्रसाद कोइराला फाउण्डेसन चितवन क्षेत्र नं ३ की संयोजक गीताकुमारी गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।

उक्त कार्यक्रम गिरिजाप्रसाद कोइराला फाउण्डेसन माडीका संयोजक भोजराज देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । शनिबारको पहिलो बैठकमा समितिको सदस्यहरुलाई मनोनयनपत्रसमेत हस्तान्तरण गरिएको छ ।

मनोनीत हुने सदस्यहरुमा सुकराम महतो, हेमबहादुर कार्की, मिठुमाँया सुनार, श्याम दुरा, शंकर कार्की, विष्णुप्रसाद पौडेल, एकनारायण काफ्ले, गणेश मकाजु, अमित पाण्डे, सीता सुवेदी, दीपक बस्याल, डिल्लीराम अधिकारी, र शान्ति गुरुङ रहेकी छिन् ।

तपाईको प्रतिक्रिया