चितवन- खैरहनी नगरपालिका ३ का वडा सदस्य तोयानाथ सुवेदीको क्यान्सर रोगका कारण आफ्नै निवासमा शनिबार निधन भएको छ ।
वडाध्यक्ष पूणबहादुर गुरुङका अनुसार सुवेदीको निधनप्रति श्रद्धाञ्जली एवम् शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै आइतबार खैरहनी नगरपालिकाका सबै वडामा शोक बिदा गरिएको हो ।
नगर प्रमुख लालमणि चौधरीको अध्यक्षतामा बसेको कार्यपालिकाको आकस्मिक बैठकले एक दिन कार्यालय र यसअन्र्तगतका वडा कार्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले जानकारी दिए ।

नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा वन्द हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति नगरपालिकाले क्षमायाचना गर्दै खैरहनी ३ को वडा कार्यालयमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया