अजित अधिकारी
चितवन- भरतपुर महानगरपालिका ११ गणेशथानमा आपाङ्गता भएका व्इक्तिहरुको हकहित र अधिकारको लागि ‘चिन्तन र पहिचान शिक्षा स्वास्थ्य स्वरोजगारको अभियान’ भन्ने मूल नाराका साथ अपाङ्गता भएकाहरुको अधिकारको लागि इनर भिजन सोसाइटी नेपाल नयाँ सस्थाको रुपमा स्थापित गरिएको छ ।
अपाङ्गता भएका, हिंसा तथा बेचबिखनमा परेकाहरुको उद्धारका लागि चितवनमा नयाँ संस्था खोलिएको हो । समाजमा अपाङ्गहरुप्रति गरिने नकारात्मक व्यवहारका कारण समाजमा अपाङ्गता भएकाहरुले खेप्नुपरेका समस्या समाधानका विषयकमा उत्पीडनविरुद्ध आवाज उठाउन तथा क्षमतालाई प्रोत्साहन गर्न संस्था गठन गरिएको नवनिर्वाचित अध्यक्ष पूर्णबहादुर घर्तीले नेपालीको आवाज डटकमलाई जानाकारी दिए ।

साथै, उनका अनुसार अहिले स्थापित नयाँ सो सस्थाले दृष्टिविहिनहरुलाई ब्रेललिपीबाट लेख्न पढ्न सिकाइरहेको र दुई जनालाई वीरेन्द्र क्याम्पसमा उच्च शिक्षा पढाउँदै आएको छ । प्रत्येक सदस्यहरुसँग विशेष कला रहेकाले कला देखाएर सहयोग संकलन भइरहेकोसमेत उनले जानाकारी दिए ।

साथै, यसै विषयमा केही दिनअगाडि संस्था र अपाङ्गहरुको समस्या र चुनौतीका विषयकमा समेत भरतपुर महानगरपालिका ११ गणेशथानस्थित स्थापना गरिएको यस संस्थाले फरक क्षमता भएका व्यक्तिहरुका लागि कम्प्युटरको ज्ञान गराउन र उनीहरुको सीप र क्षमता विकासको लागि विभिन्न समयमा तालिमसमेत सञ्चालन गरिने सो सस्थाले जनाएको छ ।

साथै, सो संस्थाको अध्यक्षसमेत रहेका घर्तीले सुरुवाती चरणको समयमा नै आर्थिक समस्यासँग जुध्नुपरेको बताए । यस विषयमा केही समयअगाडि द न्यूज अनलाइन टिभीका सम्वाददाता महेश भण्डारीले गरेको स्थलगत रिपोर्टिङका क्रमम अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना समस्या र चुनौतीका विषयमा जानकारी गराउँदै सबैले सक्दो सहयोग गर्नसमेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया