चितवन- चितवनका कम्प्युटर विषयका प्राध्यापक तथा शिक्षकहरुको भेलाले कम्प्युटर फ्याकल्टी एशोसिएसन अफ नेपालको चितवन कार्यसमिति गठन गरेको छ ।
हरि सापकोटाको सभापतित्व एवम् बालकुमारी कलेजका प्राध्यापक जगदीश्वर खनालको प्रमुख आतिथ्यतामा भएको भेलाले हरि सापकोटाको अध्यक्षतामा नौ सदस्यीय चितवन जिल्ला कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बिन्दु अर्याल, सचिवमा नारायण दहाल, सहसचिवमा सुरेश बराल, कोषाध्यक्षमा दिवस मैनालीलाई चयन गरेको छ । यस्तै, सदस्यहरुमा श्रीप्रसाद अर्याल, सुरेशचन्द्र आचार्य, राजकुमार सापकोटा र दिनेश पण्डित रहेका छन् ।
कार्यक्रममा अक्फोर्ड कलेजका प्रिन्सिपल हरि भण्डारी, कम्प्युटर फ्याकल्टी एशोसिएसन अफ नेपाल केन्द्रीय अध्यक्ष प्रचण्डराम श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा श्रीप्रसाद अर्यालले स्वागत तथा सुरेशचन्द्र आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए ।