
चितवन- रत्ननगर जेसीज तथा रत्ननगर जुनियर जेसीजको संयुक्त पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर जेसीज वर्ष–२०२० का अध्यक्ष प्रदीप अधिकारी रहेका छन् भने जुनियर जेसीजका अध्यक्ष विदुर खनाल रहेका छन् ।
रत्ननगर जेसीजका वर्ष २०१९ का अध्यक्ष सुवास पोखरेलले वर्ष २०२० का अध्यक्ष अधिकारीलाई सपथग्रहण गराई पदस्थापन गराएका थिए भने जुनियर जेसीजका वर्ष २०१९ का अध्यक्ष रञ्जित घिमिरेले वर्ष २०२० का अध्यक्ष खनाललाई सपथग्रहण गराई पदस्थापन गराएका हुन् ।
सो अवसरमा वर्ष २०१९ का बाबुराम परियारले जेसीज अफ दी इयर अवार्ड प्राप्त गरेका थिए । कार्यक्रममा जेसीजमा रही उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको थियो भने रत्ननगर जेसीजका पूर्वअध्यक्षहरुको प्रथम महिलाहरुलाई सम्मानसमेत गरिएको थियो ।
जेसीज वर्ष २०१९ का अध्यक्ष पोखरेलले पहिलो सत्रको र वर्ष २०२० का अध्यक्ष अधिकारीले सो कार्यक्रममा दोस्रो सत्रको अध्यक्षता गरेका थिए । जेसीज वर्ष २०२० का लागि गत माघ ५ गते अधिवेशन सम्पन्न भई पदाधिकारीहरु चयन भएका थिए । कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, नेपाल जेसीजका पूर्वराष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, निरुपित राष्ट्रिय कार्यवाहक उपाध्यक्ष लालमणि भण्डारी, राष्ट्रिय उपाध्यक्ष शिवप्रसाद भुसाल, मातृशाखा अध्यक्ष अनुप जोशीलगायतले कार्यक्रममा आ–आफ्ना मन्तव्य राखेका थिए ।