चितवन- चितवनको भरतपुर महानगर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)ले विभिन्न चरणमा सहयोग रकम हस्तान्तरण गरेको छ । जनस्तरबाट रंगशाला निर्माण गर्न लागेको संस्था धुर्मुस–सुन्तली फाउन्डेसनलाई विभिन्न चरणमा गरी ५ लाख ६६ हजार २९५ रुपैयाँ हस्तान्तरण गरिएको छ ।
सो संस्थाको सक्रियतामा रत्ननगर महोत्सव अवधिभर पुस २५ देखि माघ ९ गतेसम्म ‘हिट एण्ड विन’ प्रोगाम सञ्चालन गरिनुका साथै डोनेसन बक्स राखी रकम संकलन गरिएको थियो । एनसीएसएस चितवनले पलिो चरणमा दुई लाख रुपैयाँ, दोस्रो चरणमा १ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । शनिबार एनसीएसएस चितवनका संयोजक दिनेश नाइसा र रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई तेस्रो चरणअन्तर्गतको २ लाख १६ हजार २९५ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया