चितवन- राप्ती नगरपालिकाले शिक्षासम्बन्धी नीति, नियम योजना तर्जुमा गर्दा नगरभित्र क्रियाशील पेशागत संघसंगठनलाई बेबास्ता गरेको भन्दै नेपाल शिक्षक संघ राप्ती नगरसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल शिक्षक संघप्रति नगरले गरेको विभेद गरी स्थानीय पाठ्यक्रम निर्माण समितिको गठनप्रति पनि संगठनको असहमति रहेको नेपाल शिक्षक संघ राप्ती नगरसमितिका अध्यक्ष राजकुमार सिलवाल र सचिव युवराज पौड्यालद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा छ सूत्रीय माग राखिएको छ, जसमा नगरभित्रका सम्पूर्ण शैक्षिक गतिविधिहरुमा शिक्षक संघको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने, स्थानीय पाठ्यक्रम निर्माण समिति, आधारभूत तह उत्तीर्ण परीक्षा समिति, नगर शिक्षा समिति, नगरस्तरीय परीक्षा समिति, करार क्षिक छनोटमा समान प्रतिनिधित्वको व्यवस्था, राप्ती नगरको शिक्षा निर्माणअन्तर्गत शिक्षासम्बन्धी कार्यक्रम, योजना, समिति र दरबन्दीमा नेपाल शिक्षक संघको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ ।

तपाईको प्रतिक्रिया