चितवन- नारायणगढको क्याम्पाचौरमा जारी प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिगमा राइट एण्ड एसोसियट भरतपुर गुर्खाजले फराकिलो जीत हात पारेको छ ।
प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न दोस्रो खेलमा भरतपुरले माडीलाई ११४ रनको फराकिलो अन्तरले पराजीत गरेको छ । भरतपुरले दिएको १६३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको माडी १४ ओभर २ बलमा मात्र ४८ रनमा अल आउट भयो ।
६ रनमा पहिलो र ६ रनमै दोस्रो विकेट गुमाएर खराब सुरुवात गरेको माडीको इनिङ कुनै पनि ब्याट्सम्यानले उकास्न सकेनन् । माडीका ५ जना ब्याट्सम्यान खाता नै नखोली पेभिलियन फर्किए । रामकृष्ण कार्कीले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन समेत बनाउन सकेनन् ।
माडीको इनिङ ध्वस्त बनाउन भरतपुरका कृजन गुरुङ एक्लैले ५ विकेट लिए । कसिलो बलिङ गरेका कृजनले ४ ओभरमा जम्मा ११ रन मात्र दिए । यस्तै चन्दन ठाकुरले २ तथा कप्तान संघर्ष पौडेल र प्रतिश जिसीले समान १/१ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको भरतपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६२ रन बनाएको थियो । भरतपुरको पनि सुरुवात भने राम्रो थिएन । स्कोर बोर्डमा ६ रन हुँदा भरतपुरले सनम बुढाथोकीलाई शुन्य मै गुमाएको थियो । तर दोस्रो नम्बरमा ब्याटिङमा आएका सप्निल अधिकारी र रोबिन शर्माले इनिङ उकासे । आक्रमक ब्याटिङ गरेका सप्निलले ३७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५० रनको अर्धसतकिय पारी खेले ।

यस्तै ओपनर रोबिनले १८ बलमा २० रन बनाए । कप्तान संघर्ष पौडेल १७ रनमा आउट भए भने बिकल कुमार गुप्ताले नट आउट १५ रन बनाए । खेलको म्यान अफ दि म्याच ५ विकेट लिएका भरतपुरका कृजन गुरुङ घोषित भए ।

आजै सम्पन्न पहिलो खेलमा राप्ती र्‍यापिड्सले सौराहा स्याण्ड्सलाई पराजीत गर्दै राप्तीले लगातार दोस्रो जीत हात पारेको छ । राप्तीले सौराहालाई ७ विकेटले पराजीत र्गयो ।

सौराहाले दिएको १११ रनको सामान्य लक्ष्य राप्तीले १६।४ ओभरमा मात्र ३ विकेट गुमाउदै पूरा गर्‍यो । राप्तीको जीतमा हरिबहादुर चौहानले अर्धसतकीय पारी खेले । उनले ४३ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५४ रन बनाए । उनलाई कमल थापाले ३८ रन बनाएर साथ दिए । थापाले ३२ बलमा ७ चौका र एक छक्का प्रहार गरे । यस्तै लक्की सापकोटाले १४ रन बनाए भने कप्तान आकाश थापा १ रनमा आउट भए । सौराहाका आकाश चन्द, अनुज चनरा र सुवर्ण भट्टले समान १/१ विकेट लिए ।

त्यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको सौराहाले खराब सुरुवात गरेको थियो । सौराहाले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउदै ११० रन मात्र बनाएको थियो । स्कोर बोर्डमा खाता नै नखोल्दा सौराहाका ओपनर रित गौतम शुन्यमै पेभिलियन फर्किए । दोस्रो विकेटका लागि राजेश ढकाल र प्रशान्त महतले २३ रनको साझेदारी गरे । प्रशान्त २१ तथा राजेश ७ रनमा आउट भए । कप्तान सन्तोष न्यौपानेले अभिजित ३५ रन बनाए । उनले ५३ बलमा ४ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहेन ।

राप्तीका राम नरेश गिरी र कमल थापाले समान २।२ विकेट लिए । गिरीले ४ ओभरमा २१ रन खर्चिए भने थापाले ३ ओभरमा २३ रन दिए । खेलको म्यान अफ दि म्याच राप्तीका लागि ५४ रनको अर्धसतकिय पारी खेलेका हरि बहादुर चौहन घोषित भए । प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा अहिले राइट एण्ड एसोसियट भरतपुर गुर्खाज र माडी टाइगर्स भिडिरहेका छन् । भरतपुर संघर्ष पौडेल तथा माडी किशोर महत्तोको कप्तानीमा मैदान उत्रिएको छ ।

प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई खेल हुनेछ । मंगलबाट पहिलो खेलमा बिहान ९ बजे भरतपुर गुर्खाज र सौराहा स्याण्ड्स तथा दिउँसो १ बजे हुने दोस्रो खेलमा इच्छाकामना वारीयर्स र राप्ती ¥यापिड्स भिड्ने आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक राजु चौधारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया