
चितवन- डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा शेषरमण आचार्य नियुक्त भएका छन् । आचार्य माघ २० गतेदेखि नियुक्त भएको संस्थाले जनाएको छ । उनी ३० वर्ष कृषि विकास बैंकमा सेवा गरी उपमहाप्रबन्धक पदबाट सेवा निवृत्त भएका हुन् ।
वित्तीय संस्थामा लामो अनुभव हासिल गरेका आचार्यबाट संस्थाको वृत्ति विकास र उत्कृष्ट सेवा प्रवाहमा थप योगदान मिल्ने अपेक्षा संस्थाले गरेको छ ।
डिप्रोक्सले देशका ७१ जिल्लामा ११९ शाखा कार्यालयहरुमार्फत करिब २ लाख ८ हजार सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरेको छ ।