पोखरा । चीनमा देखा परेको कोरोना भाइरसबारे कसरी जोगिने भन्ने बारेमा पोखरामा कोरोना भाइरस सचेतना शिविर सम्पन्न भएको छ ।
वसन्त टे«ड कन्सर्नले आज पोखरामा फेमिली, हेल्थ एण्ड हेप्पिनेस र कोरोना भाइरस सचेतना शिविरको आयोजना गरेको हो ।
स्कुल अफ ह्याप्पिनेसका संस्थापक एवं माइण्ड केमेष्ट्रि रिसर्च पर्सन हरि सिटौलाले स्वास्थ्य नै धन भएकाले कुनै पनि रोगसँग लड्न पहिला स्वस्थ मानसिकता आवश्यक रहेको औँल्याए । उनले पर्याप्त मात्रमा झोल पदार्थ पिउने, पर्याप्त मात्रामा आराम र अक्सिजन लिने गर्दा रोगसँग लड्न क्षमता वृद्धि हुने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका–३ का वडाध्यक्ष रविन्सन प्रजुले खुशी र आनन्द हुन सके धेरै रोगबाट मुक्ति मिल्ने बताए । उत्कृष्ट जीवनयापनका लागि गर्न हुने र गर्न नहुने कुराको नियमलाई पछ्याउन सके मात्रै मानिसको जीवन सुखी र निरोगी हुने उनको भनाइ थियो ।
पोखरा उद्योग वाणिज्यसँग स्वास्थ्य उपसमिति संयोजक राम केसीले कोरोना संक्रमणको भय र त्रास फैलाउनु भन्दा यसबाट जोगिने विषयमा ध्यान दिएर सचेत बन्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया