
चितवन- अध्ययनको लागि जापान जान चाहने विद्यार्थीहरुको लागि छुट्टै पहिचान बनाउन सफल सेन्ट्रल कलेजले अप्रिल इन्टेक २०२० को भिजा प्रक्रियामध्ये शतप्रतिशत सिओई हासिल गरेको छ ।
जापानको नागासाकी इन्ष्टिच्यूट अफ एप्लाईड साइन्समा’ गरेको भिजा प्रक्रियामा शतप्रतिशत सिओई हासिल गरेको कलेजका प्रिन्सिपल वाईबी पौडेलले जानकारी दिए । कक्षा १२ पछि धेरै विद्यार्थीको चासो विदेश गएर अध्ययन गर्ने रहेको हुन्छ । पछिल्लो समय नेपाली विद्यार्थीहरूको रोजाइमा जापान एक अग्रणी थलोका रुपमा चिनिन थालेको छ । त्यहाँको जीवनशैली र काम गर्दै पढ्न पाउने सुविधाका कारण पनि नेपालका धेरै विद्यार्थी जापान अध्ययनप्रति आकर्षित हुदैँ आएका छन् ।
विद्यार्थी भिसामा जापान गएर अध्ययन गरी त्यहाँको सीप र ज्ञानलाई नेपालमा ल्याएर प्रयोग गर्न सकेको खण्डमा विद्यार्थीहरूका लागि भने जापान उपयुक्त हुने जापान अध्ययनको परामर्श तथा भिजा प्रक्रिया गर्दै आएको सेन्ट्रल कलेजका प्रिन्सिपल वाईबी पौडेलको बुझाइ छ ।
शिक्षासँगै रोजगारीको अवसर पाइने भएकाले समेत नेपाली विद्यार्थीहरूको जापान जान अत्यन्त उत्साहित हुने गरेको सेन्ट्रल कलेजका जापानिज भाषा प्रशिक्षक साईटो सिगेरुको बताउँछन् ।
विद्यार्थी भिसामा जापान पुग्नेहरूलाई केही समय कठिन परिश्रम गर्नुपरे पनि पढाइ सकिएपछि भने रोजगारीका साथै व्यापार–व्यवसायको समेत अवसर रहेकोले विद्यार्थीहरुमा मेहेनत र धैर्यताको खाँचो देखिन्छ । जापान जाने विद्यार्थीहरुले जापानमा न्यूनतम एक वर्षको जापानी भाषा उत्तीर्ण गरेपछि आफ्नो रुचि अनुसारको विश्वविद्यालय तथा कलेजमा पढ्न जान पाइन्छ ।
विद्यार्थीहरूले वर्किङ भिसा पाएपछि भने मासिक साढे दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने छन् । जापानमा रहेका स्कुल तथा विश्वविद्यालयले वर्षमा चारपटक भर्ना लिने गरेका छन् । ‘जनवरी, अप्रिल, जुलाई र अक्टोबरगरी चारवटा इन्टेक हुन्छन् । अप्रिल र अक्टोबर इनटेकका लागि सबैभन्दा बढी चाप हुने गर्दछ ।
जापान जानुभन्दा पहिले राम्रो परामर्श केन्द्रमा पुगेर भाषामा दक्ष भएर कलेज विषय तथा सहर छनोटको लागि उचित परामर्श लिएर जापान गएको खण्डमा जापान पुगेपछि पछुतो हुँदैन ।