चितवन- भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा एल्मुनाई रियुनियन एसोसिएसन गठन भएको छ । स्कुलमा बुधबार सम्पन्न भूपू बिद्यार्थीहरुको भेलाले प्रकाश श्रेष्ठको अध्यक्षतामा एल्मुनाई एसोसिएसन गठन गरेको हो ।
एसोसिएसनको उपाध्यक्षमा लक्ष्मी ढकाल, सचिवमा सुनिल तिवारी, सह सचिवमा आदर्श बुढाथोकी र कोषाध्यक्षमा सुदीक्षा आचार्य रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा प्रज्ञा त्रिपाठी, रवि ढकाल, सन्जु गौली, मदन कट्टेल, सहन खड्का, समुन्द्र रानाभाट, उदय बिलास पन्त, रक्षिता पन्त, शिला श्रेष्ठ र सुजता बराल रहेका छन् ।
एसोसिएसनले स्कुलमा विभिन्न किसिमका कार्यक्रम तथा क्रियाकलापहरु गर्ने बताइएको छ । कार्यक्रम स्कुलकी प्राचार्य इन्दिरा कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया