चितवन- चितवनको रत्ननगरमा होमस्टे सञ्चालनमा आएको छ । पर्यटकीय नगरि सौराहाको नजिक रहेको मोहनामा १५ जनाको समुहले वुधवारबाट मोहना कम्युनिटी होमस्टेक सञ्चालनमा ल्याएका हुन् ।
पछिल्लोपटक विदेशीसहित स्वेदशी पर्यटकहरु स्थानीयस्तरका खानाका परिकार मन पराउन थालेका र होटलको तुलनामा होमस्टेकमा सस्तो हुने हुदा पनि होमस्टेमा वस्ने र खाना खान रुचाउनेहरुको संख्या वृद्धि हुदै गएको कारण गाउका दिदीबहिनी मिलेर होमस्टे सञ्चालनमा ल्याएको मोहना कम्युनिटी होेमस्टेकी अध्यक्ष शान्ता पण्डितले बताइन् ।
आजै भएको भेलाले पण्डितको अध्यक्षतामा ७ सदस्य कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा दिपा थपलिया, कोषाध्यक्षमा निर्मला मैनाली, सदस्य सचिवमा अनिता अधिकारी रहेका छन् भने सदस्यहरुमा भगवती मैनाली, जमकी महत र रीना बस्नेत रहेका छन् ।
आजै भएको भेलाले सल्लाहकार समितिसमेत गठन गरेको छ । सल्लाहकार समितिमा लोकगायक मिलन लामा, कौशिला मैनाली अमात्य, विष्णुहरि देवकोटा, होमनाथ रेग्मी रहेका छन् । कार्यक्रममा नेपालमा होमस्टेको अवस्था र सञ्चालनको तरिकाको बारेमा नेपाल होमस्टे एसोसिएसनकी केन्द्रीय उपाध्यक्ष एवं पनौती होमस्टेकी अध्यक्ष कौशिला मैनाली अमात्यले प्रकाश पारेकी थिइन् ।

तपाईको प्रतिक्रिया