चितवन- चितवनको भरतपुर ५ नारायणपुर स्थित रोयल उड पार्केट इन्डष्ट्रिजमा भीषण आगलागी भएको छ । व्यवसायी जीवनकुमार श्रेष्ठले सञ्चालन गरेको उक्त फर्निचर उद्योगमा अचानक आगो लागेको हो ।
बिहान करिब ४ बजेबाट आगो लाग्न सुरु भएको थियो । आगोलागी के कारणबाट लागेको भनेर अझैसम्म पत्ता नलागेको चितवन प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नेपाली सेनालगायतको दमकलले प्रयास गरिरहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया