चितवन- ग्रीनल्याण्ड पब्लिक स्कुलले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत महोत्सव सम्पन्न गरेको छ ।
सो अवसरमा स्कुलले जिल्लास्तरीय अन्तरविद्यालय फुटसल, हाजिरी जवाफ, विज्ञान प्रदर्शनी, भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह तथा एल्मुनाइ एसोसियसन गठन, रंगशालालाई सहयोग हस्तान्तरण, सांस्कृतिक कार्यक्रमलगायतका कार्यक्रमहरु गरी सम्पन्न गरेको छ ।
रजत महोत्सवको अवसरमा स्कुलले शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएका ५ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा प्याब्सन केन्द्रीय सदस्य बेलबहादुर गुरुङ, बाग्मती प्रदेश प्याप्सन उपाध्यक्ष देशबन्धु अधिकारी, महानगर प्याप्सन अध्यक्ष लेखनाथ खनाल, जिल्ला प्याप्सन उपाध्यक्ष सीता रिजाल र जिल्ला प्याब्सन सदस्य शारदा ढकाल रहेका छन् ।
यस्तै, स्कुलका सल्लाहकार प्रदीप मरहट्ठा, पूर्वमहानिर्देशक डा. यशोवर्धन प्रधान, सत्या प्रधान, समाजसेवी लेखराज पन्त (हरि) र स्कुलका शिक्षक तथा कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।
रजत महोत्सव समापन कार्यक्रममा स्कुलकी प्राचार्य इन्दिरा कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य विभागका पूर्वमहानिर्देशक डा. यशोवर्धन प्रधान, विशिष्ठ अतिथि भरतपुर १२ का वडाध्यक्ष नरेन्द्र कन्दनङ्वालगायतको सहभागिता रहेको थियो ।
स्कुलका सहप्राचार्य उपेन्द्र आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया