चितवन- ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरले चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रंगशालालाई भरतपुर–१२ स्थित ग्रीनल्याण्ड स्कुलले एक लाख एक हजार १११ रुपैँया सहयोग गरेको हो ।
स्कुलको रजत महोत्सव समापन समारोहको अवसर पारेर रंगशालालाई आर्थिक सहयोग गरिएको स्कुलकी प्राचार्य इन्दिरा कार्कीले बताइन् ।
कार्कीले सो रकम धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गरिन् । रकम हस्तान्तरण पछि बोल्दै प्राचार्य कार्कीले राष्ट्रकै गौरब क्रिकेट रंगशालालाई सहयोग गर्न पाउंँदा अत्यन्त खुशी लागेको बताइन् ।
ग्रीनल्याण्ड पब्लिक स्कुलले पठनपाठनसँगै खेलकुदलाई पनि सधैँ प्राथमिकता दिँदै आएको उनले बताइन् । विद्यालयस्तरबाट नै खेलकुदलाई प्राथमिकतामा राखेर यस क्षेत्रको विकासको गर्न सकिने भन्दै उनले रंगशाला निर्माण भइरहँदा यहाँका विद्यार्थीहरुले नै भोलिका दिनमा खेलाडीका रुपमा लाभ लिनसक्ने बताइन् ।