चितवन- रजत वर्ष २०७६को अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरले रजत स्तम्भको शिलान्यास गरेको छ ।
उपशाखाको परिसरमा निर्माण हुने रजत स्तम्भमा रेडक्रसका जन्मदाता हेनरी डयुनाको तस्बिर अंकित हुने उपशाखाका सचिव रामचन्द्र पौडेलले बताए ।
रजत स्तम्भको निर्माण पूर्वी चितवन भवन निर्माण व्यवसायी संघले निर्माण गरिदिने भएको छ । विभिन्न सामाजिक कार्य गर्दै आएको संघले करिब २ लाख रुपैयाँकाृ लागतमा आगामी चैत्र १५ भित्र स्तम्भ निर्माण गरेर उपशाखालाई हस्तान्तरण गर्ने योजना रहेको संघका अध्यक्ष प्रल्हाद ठाकुरले बताए ।
शिलान्यास समारोहमा रत्ननगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा पौडेल, नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने , रेडक्रस सोसाइटी चितवनका मन्त्री हरिप्रसाद पौडेल, उपशाखाका निवर्तमान सभापति मित्रेश्वर शर्मा, समाजसेवी हरिशरण पाठक, कार्य समिति सदस्य अनु गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम उपशाखा सभापति गोविन्दकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया