चितवन- रत्ननगरका उद्योगी व्यवसायीहरुले चितवनका प्रहरी प्रमुख एसपी र इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपीलाई स्वागत गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी एसपी नान्तिराज गुरुङ र डिएसपी रविन कार्कीलाई स्वागत गरेका हुन् ।
कार्यक्रममा संघका अध्यक्ष राजाराम रेग्मी र वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले माला र खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा अगुवा व्यवसायीहरुले उद्योग र उद्योगी व्यवसायीको सुरक्षाका लागि विशेष ध्यान दिन प्रहरी प्रमुखलाई आग्रह गरेका थिए ।
एसपी गुरुङले नागरिकको सहयोगबाट मात्र शान्ति सुरक्षा कायम गर्न सकिने भन्दै सहकार्यको लागि आग्रह गरे ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष गोपालराज कर्माचार्य, निर्वतमान अध्यक्ष ज्ञानबहादुर विसुराल, वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, उपाध्यक्ष रघुनाथ भट्ट, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष हरिकृष्ण खनाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संघका अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया