चितवन- पूर्वी चितवन यातायात प्रालिको कम्पनी प्रमुखमा हरिबहादुर घिमिरे चयन भएका छन् । रत्ननगर ११ मनिखोलामा सम्पन्न प्रथम वार्षिक साधारण सभाले कम्पनीको उपाध्यक्षमा विकास ढकाल, सचिव हिरालाल श्रेष्ठ, कोषाध्यक्ष कृष्णबहादुर लामा, सहसचिव कृष्णप्रसाद ढकाललाई चयन गरेको हो ।
त्यसैगरी सदस्यहरुमा दिलकुमार श्रेष्ठ, मेनकुमार श्रेष्ठ, हिरासिंह तामाङ र मैयाँ गुरुङ चयन भएका छन् ।
कम्पनीको प्रथम साधारण सभा तथा वनभोज कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारले बाटोको अवस्था र गाडीको क्षमता हेरेर रुट परमिट दिनुपर्ने बताए । अधिकांश दुर्घटनाहरु चालकको लापर्बाहीले नभई सडकको कारण भएको भन्दै उनले मुग्लिन–नारायणगढ सडकखण्ड निर्माण सम्पन्न भएपछि सो सडकमा दुर्घटना न्यूनीकरण भएको बताए ।
कार्यक्रममा चितवन यातायात प्रालिका उपाध्यक्ष कमल तिवारी, ट्राफिक कार्यालय टाँडीका प्रहरी नायव निरीक्षक सुरेन्द्र विष्ट, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडालगायतले बोलेका थिए ।
कम्पनी प्रमुख हरिबहादुर घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम पूर्वी चितवन माइक्रो, टेम्पो, मिनिबस व्यवसायी संघका अध्यक्ष प्रकाश पोखरेलको अध्यक्षतामा भएको थियो । सोही अवसरमा यातायात क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने यातायात व्यवसायीहरुलाई सम्मानसमेत गरिएको थियो ।