चितवन- रत्ननगर ६ स्थित बछौलीमा रहेको बछौली माविका गरिब तथा विपन्न विद्यार्थीलाई बुधबार पोसाक वितरण गरिएको छ ।
वडा कार्यालयले बछौली माविको शैक्षिक स्तर वृद्धिका थालनी गरेको अभियानअन्तर्गत यस वर्ष विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको हो । पोसाक वितरण गर्दै वडाध्यक्ष बलराम दाहालले वडाले सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन शिक्षा र स्वास्थ्यमा जोड दिइएको बताए ।
कार्यक्रममा नगर शिक्षा अधिकारी बद्रीनारायण शर्मा, वडाध्यक्ष दाहाल र विद्यालयका प्रधानाध्यापक शिवराज मरहठ्ठाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई ट्याक सुट प्रदान गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य झंकराज काफ्ले र ओमप्रकाश काफ्लेको ६२ हजार ५०० रुपैयाँ बराबरको आर्थिक सहयोगमा पोसाक वितरण गरिएको हो ।