चितवन- भरतपुर १० चितवनस्थित अर्किड स्कुलको नबौँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा अन्तरविद्यालयस्तरीय एंकरिङ स्टार कार्यक्रमको आयोजना गरेको छ।

उदघोषणको विभिन्न पाटोमा विद्यार्थीहरुले आफ्नो वाककलाको प्रदर्शन गरेका थिए । १२ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा स्काइराइडर स्कुल रत्ननगर प्रथम, डेजी स्कुल पर्सा दोश्रो र प्रेरणा स्कुल तेस्रो भएका थिए ।

प्रतियोगिताको निर्णायकहरुमा सिनर्जी एफएमका कार्यक्रम संयोजक मनोज घिमिरे, हाम्रो एफएमका वरिष्ठ कार्यक्रम प्रस्तोता पासा दिनेश र कालिका एफएमका समाचार प्रमुख राजु सापकोटा रहेका थिए । विजेताहरुलाई अर्किड स्कुलका पब्लिक रिलेसन अफिसर भगवती ढकाल र एकेडेमिक एड्भाइजर कपिल ज्ञवालीले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रम अर्किड स्कुलका उद्घोषण शिक्षक वरिष्ठ रेडियोकर्मी मनोज पन्तको संयोजकत्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया