चितवन- चितवनको भरतपुरस्थित अत्याधुनिक एवं सुविधासम्पन्न व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा भ्यालेन्टाइन डेको अवसरमा विशेष कार्यक्रम हुने भएको छ । ल्यान्डमार्कका म्यानेजर उज्ज्वल केसीका अनुसार भ्यालेन्टाइन डेको अवसरमा फागुन २ र ३ गते उक्त मलमा लाइभ म्युजिक, फेसन सोलगायत रोमाञ्चक कार्यक्रमहरु हुनेछन् ।

केसीका अनुसार दुवै दिन अन्जु रानामगरलगायत स्थानीय ब्यान्ड ग्रुप ब्रदरहुड र ट्र्यांगलको लाइभ सांगीतिक प्रस्तुति रहनेछ । मल घुम्न आउने प्रेमिल जोडी र सर्वसाधारणलाई मनोरञ्जन दिलाउन बालबालिका, महिला र पुरुषको विन्डर फेसन पनि आयोजना गर्ने उनले जानकारी दिए ।

भ्यालेन्टाइन लभ डान्स, युगल डान्स र किड डान्स हेर्न पाइने मलमा दर्शकलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान पनि गरिनेछ ।

सिजी ल्यान्डमार्कले भ्यालेन्टाइन डेको अवसरमा आफ्ना ग्राहक, शुभचिन्तकलगायत सम्पूर्ण चितवनवासीलाई मनोरञ्जन दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो ।

दुई दिनसम्म चल्ने सांगीतिक एवं मनोरञ्जनात्मक कार्यक्रमको मज्जा लिन कुनै शुल्क नलाग्ने सिजी ल्यान्डमार्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हालसालै सञ्चालनमा आएको अत्याधुनिक तथा सुविधासम्पन्न सिजी ल्यान्डमार्कमा विश्वविख्यात अन्तर्राष्ट्रिय ब्रान्डका आउटलेट, फुडकोर्ट, स्विमिङ पुल, अत्याधुनिक सिनेमा हललगायत सुविधा छन् ।

तपाईको प्रतिक्रिया