चितवन- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र नेतृत्वकै कारण जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको बताएका छन् ।

जनआन्दोलन तथा जनयुद्धका सहिदहरुको स्मृतिमा नेकपा चितवनद्धारा भरतपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले धैरै वर्षसम्मको वैचारिक बहस र कसरतपछि शान्ति प्रक्रिया र पार्टी एकीकरणका काम भएको बताए ।

‘तत्कालीन नेकपा एमाले र माओवादीबीचको श्रृङखलाबद्ध वार्ताले देशलाई संघीय गणतन्त्रमा लैजाने अठोट गरेको हो’, उनले भने, त्यसले देशलाई युगिन परिवर्तन ग¥यो ।’ उनले कसैको नक्कल गरेर क्रान्ति नगरेको भन्दै नेपालको क्रान्तिमा आफ्नैपन रहेको बताए । नेपालमा जस्तै मौलिक परिवर्तन दुनियाँमा कहीँ नभएको उनको दाबी थियो ।

कम्युनिष्ट कमजोर अरुका कारण नभई आफ्नै कारणले हुने गरेको बताउँदै उनले भने, ‘कम्युनिष्ट आन्दोलन प्रतिक्रियावादीको संघर्षमा पराजित भएको छैन, आफैँभित्र देखापर्ने विसंगति विचलन र विकृतिहरुले हामी आफैँ सिद्धिने गरेका छौं ।’

तपाईको प्रतिक्रिया