चितवन- पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ क्लबचोकमा दीपज्योति मल्टी सप्लायर्सको कालिका शाखा उद्घाटन भएको छ ।
सप्लायर्सका सञ्चालक ज्ञानेन्द्रप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग संघ कालिका इकाइका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

कार्यक्रममा भट्टराई, स्थानीय समाजसेवी जनार्दन दाहाल, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, पत्रकार विपीन शर्मा, पत्रकार ध्रुवराज खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो सप्लायर्समा विभिन्न इलेक्ट्रिक तथा फर्निचरका सामानहरु नगद तथा किस्ताबन्दीमा पाइने सप्लायर्सका सञ्चालक दाहालले जानकारी दिए ।

सो सप्लायर्सबाट एलजी, सामसुङ, कोन्का, सिजी, भिबोसलगायत विभिन्न ब्राण्डका इलेक्ट्रिक सामानहरु खरिद गर्न सकिन्छ । फर्निचरका सम्पूर्ण सामग्रीहरु मोबाइल, ल्यापटप, टिभी, वासिङ मेसिन, फ्रिज, घडीलगायतका सम्पूर्ण सामग्रीहरु एकै स्थानमा पाइने भएकाले ग्राहकहरुले खरिद गर्न सहज हुने र बजार मूल्यभन्दा सुपथ दरमा समेत सामान उपलब्ध गराउने लक्ष्य रहेको सञ्चालक दाहालले बताए ।

करिब एक करोड रुपैयाँको लगानीमा सचालनमा आएको सो सप्लायर्स यसअघि रत्ननगरको बकुलहरमा पनि करिब ३ करोड रुपैयाँको लगानीमा सञ्चालन भइसकेको सञ्चालक दाहालको भनाइ छ । सो सप्लायर्सले विभिन्न चाडपर्वको अवसरमा लक्की ड्रमार्फत विभिन्न उपहार कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया