चितवन- पूर्वी चितवनको रत्ननगर ७ सौराहास्थित खोरसोर नजिकको सामुदायिक वनमा भैंसी चराउन जाने क्रममा सोही वडाका ९३ वर्षीय मनबहादुर तामाङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

निज तामाङलाई भैंसी चराउन जाने क्रममा एक्कासि जंगली हात्तीले आक्रमण गरी घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रत्ननगरबाट प्रहरी निरीक्षकको कमाण्डमा सात जनाको टोली पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया