
चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–२२ ले पटिहानीमा नवनिर्मित ‘अम्ब्रेला स्ट्रीट’ को शुभारम्भ गरेका छन् । बिहीबार शुभारम्भ गर्दै उनले पटिहानीको पर्यटन विकास र विस्तार गर्न अम्ब्रेला स्ट्रीटले थप सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको सो स्ट्रीट करिब रु तीन करोडको लागतमा निर्माण सम्पन्न गरिएको वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए । अम्ब्रेला स्ट्रीटमा लहरै ४८० वटा रंगिन छाता राखिएको छ । रंगिन छाताले सो क्षेत्रको नयाँ सौन्दर्यता प्रदान गरेको छ ।
यसको प्रचारप्रसार तथा स्थानीय खानाका परिकारलाई प्रर्वद्धन गर्न यहाँ पटिहानी खाना महोत्सव आयोजना गरिएको छ । महोत्सवमा २० वटा प्रदर्शनीकक्ष रहेका छन् । कक्षमा स्थानीय खानाका परिकारलाई जोड दिइएको खाना महोत्सव प्रचारप्रसार समितिका संयोजक रामहरि सेढाईंले जानकारी दिए ।
सांगीतिक कार्यक्रमसमेत आयोजना गरिएको छ । यहाँ आउने पर्यटकका लागि महोत्सव अवधिमा विशेष छूटको समेत घोषणा गरिएको छ । पाँच हजार मिटर दौड प्रतियोगिता, उद्योग वाणिज्य संघ चितवनको परिसरदेखि अम्ब्रेला स्ट्रीटसम्म साइकल रेस, महोत्सव अवधिभर डुङ्गा, गाडा सयर, हात्ती र जीप सफारीको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।
भरतपुर–२२ वडा कार्यालयको आयोजना र पटिहानी पर्यटन विकास समिति, पटिहानी युवा तथा खेलकुद विकास परिषद्, पटिहानी मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, बेसलहर मध्यवर्ती सामुदायिक वन, वीरेन्द्रनगर सामुदायिक वन, थारु कल्याणकारिणी सभा क्षेत्र नं–५,पटिहानी होटल एसोसिएसन, क्षेत्रीय होटल संघ कसरा सेक्टरको सहआयोजनामा कार्यक्रम हुनेछ ।
तीनदिने फुड फेष्टिवलको अवसरमा बिहीबार जंगल भिल्ला रिसोर्टदेखि कार्यक्रमस्थलसम्म पाँच हजार मिटर दौड सम्पन्न भएको छ । यस्तै, चितवन उद्योग वाणिज्य–संघदेखि कार्यक्रमस्थलसम्म साइकल रेसलगायतका खेल आयोजना गरिने र राष्ट्रिय कलाकारहरु मिलन लामा, टीका सानु र स्मिता दाहाललगायतको प्रस्तुति रहने वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।
फेष्टिवल अवधिभर डुङ्गा सयर, बैलगाडा सयर र जिप सफारी रहने र पर्यटन प्रवद्र्धनसम्बन्धी अन्तक्र्रियाका साथमा स्थानीय तथा बाह्य खानाको परिकारका २० वटा स्टलहरु रहने उनले बताए ।
फेष्टिवलले पटिहानीमा रहेको कमलपोखरी, छितामाई मन्दिरसँगै कसराको बिक्रमबाबालगायतका स्थानलाई पर्यटकीय श्रृङ्खलाको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले बताए । फेष्टिवलमा आउने पाहुनालाई बस्नका लागि पटिहानीका होटलहरुले खानामा १५ र बस्न १० प्रतिशत छूट दिने उनले जानकारी दिए ।
विशेषगरी, आन्तरिक र भारतीय पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकास हुँदै गरेको पटिहानीमा हुने फेष्टिवलमा खानाका परिकारसँगै अर्र्गािनक तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकलाका सामग्री, कृषि सामग्री आकर्षणका रुपमा रहेका छन् । ३० हजार आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने योजनासहित सुरू गरिएको फेष्टिवलमा एक करोड रूपैयाँबराबरको आर्थिक कारोबार गर्ने र १५ लाख खर्च हुने योजना रहेको वडाध्यक्ष महतोले बताए ।
तीन करोडको लागतमा ‘अम्ब्रेला स्ट्रीट’
तीन करोड रूपैयाँ लागतमा निर्माण भएको अम्ब्रेला स्ट्रीटको १२ मिटर चौडाइ र १२० मिटर लम्बाइ रहेको छ । हरियालीसहितको पार्क बनाइएको त्यस क्षेत्रको किनारमा आकर्षक छाता (अम्ब्रेला) राखिएका खुला पसल बनाइँदै गरेको वडाध्यक्ष महतोले बताए ।
वन, वन्यजन्तु र सूर्यास्तको अवलोकनसँगै थारु समुदायको संस्कृतिसँग रमाउनका लागि एक वर्षअघिबाट ‘अम्ब्रेला स्ट्रीट’ निर्माण गरिएको उनले बताए । करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको सो स्थानमा लहरै ४८० वटा ठूला फाइबरका छाता रहनेछन् । छातामुनिबाट पर्यटकहरु हिँड्ने, बस्न मिल्ने भएकोले पनि यसको नाम ‘अम्ब्रेला स्ट्रीट’ राखिएको हो ।