चितवन- पूर्वी चितवनको खैरहनी ४ स्थित कंकाली सामुदायिक वनको नयाँ कार्यसमिति चयनका फागुन १० गते मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत शनिबार नेकपा र कांग्रेसबाट दुई प्यानलले आफ्नो उमेदवारी दर्ता गराएका छन् ।

वनको अध्यक्षका लागि वनका पूर्वसल्लाहकारसमेत रहेका रामेश्वर पोखरेल र पूर्वअध्यक्ष राममणि न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ । पोखरेल नेकपा र न्यौपाने नेपाली कांग्रेस निकटका हुन् । उनीहरुलाई दलगतरुपमा समर्थन रहेको छ ।

उनीहरुको नेतृत्वमा कार्यसमितिको पदाधिकारी र लेखा समितिका लागि प्यानल वनाएर उमेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक शम्भुप्रसाद लामिछानेले बताए । वनमा २ हजार १६७ उपभोक्ता छन् ।

तपाईको प्रतिक्रिया