चौतारा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिपुलेक सदियौँदेखि हाम्रो भू–भाग भएकाले भारतीय हस्तक्षेप अस्वीकार्य भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय कमिटीद्वारा आज सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित कार्यक्रममा नेता खनालले हालै भारतको सो क्षेत्र आफ्नो नक्सामा समावेश गरेकोप्रति असहमति जनाउँदै वर्तमान सरकारले कालापानी, लिम्पीयाधुरा र लिपुलेक समेटेर यथाशीघ्र राजनीतिक नक्शा प्रकाशित गर्न जरुरी रहेको बताए ।

वर्तमान सरकार समाजवादउन्मुख भएको चर्चा गर्दै वरिष्ठ नेता खनालले सबै दल यही संविधानभित्र आउनुपर्ने र नआउने पछि पर्ने बताए । पार्टीको हालै बसेको दोस्रो बैठक भावनात्मकरुपमै पार्टी एकताको सन्देश गएकोसमेत उनले जिकिर गरे ।

कार्यक्रम क्षेत्रीय अध्यक्ष जेवी विकको सभापतित्वमा भएको थियो ।

तपाईको प्रतिक्रिया