अजित अधिकारी
चितवन- माडी नगरपालिका बघौडा ३ बाट विवाह सकेर भरतपुर जाने क्रममा जन्ती बोकेको ना ५ ख ८०४७ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा बघौडा ३ की ३६ वर्षीया सञ्चु महतो गम्भीर घाइते भएकी छन् । उनको ढाडमा गम्भीर चोट लागेको छ । यस्तै, माडी चिरौलीकी १७ वर्षीया सुशीला महतो सामान्य घाइते भएकी छन् । उनीहरुको बघौडा अस्पतालमा उपचार भइरहेको छ । अन्य सामान्य घाइतेहरुको माडीस्थित सामुदायिक अस्पतालहरुमा उपचार भइरहेको छ ।

उक्त बस आज अपरान्ह ४ः २० बजे माडी नगरपालिका ४ सिदुवा चोकबाट करिब २०० मिटरअगाडि सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो । बसका चालक भरतपुर २८, गोलाघाट निवासी ३६ वर्षीय चालक गजेन्द्र कुमाल फरार भएका छन् । बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया