
चितवन- पूर्वी चितवनको रत्ननगर ३ तरकारीचोकमा मोटरसाइकल बस र कारसँग ठोक्किँदा एक युवा गम्भीर घाइते भएका छन् । नाम ठेगाना नखुलेका अन्दाजी २२ वर्षका विवेक विक गम्भीर घाइते भई पुरानो मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
सोमबार बेलुकी ६ः २५ बजेको समयमा तरकारीचोकस्थित पूर्वपश्चिम राजमार्गबाट पूर्वतर्फ गइरहेको ना ५४ प ३५६६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा सोही दिशाबाट गइरहेको ना ६ ख ६४६८ नम्बरको ट्रकमा ठोक्किएर अनियन्त्रित भई विपरीत दिशाबाट आएको प्रदेश ३-०१-००२२ च नम्बरको कारमा ठोक्किँदा निज विक गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।
घटनास्थलबाट बस, कार, मोटरसाइकलसहित दुवै चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।