चितवन- उद्योग वाणिज्य संघ खैरहनीको पाँचौँ अधिवेशन आगामी जेष्ठ अन्तिम साता हुने भएको छ ।

संघको पछिल्लो बैठकले १०औं वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन आगामी जेष्ठ २६ र २७ गते गर्ने निर्णय भएको संघका महासचिव कुमार खनालले जानकारी दिए ।

अधिवशेनमा मताधिकार प्रयोगका लागि यही फागुन २६ गतेभित्र नयाँ सदस्यता दर्ता गर्न आह्वान गर्नेसमेत बैठकले निर्णय गरेको छ ।
त्यस्तै आगामी जेष्ठ १६ गतेभित्र सदस्यता नवीकरण गर्न मिति तोकिएको महासचिव खनालले बताए ।

अधिवेशनले निवर्तमान अध्यक्षबाहेक २१ सदस्यीय कार्यसमिति चयन गर्नेछ । उद्योग वाणिज्य संघको वर्तमान विधानअनुसार अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतिय उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष तथा अरु सदस्य रहने प्रावधान छ ।

तपाईको प्रतिक्रिया